Rule 99
सरुवा सम्बन्धी व्यवस्था
(१) सरुवा हुन चाहने शिक्षकले सरुवाको लागि अनुसूची–१७ बमोजिमको ढाँचामा जिल्ला शिक्षा अधिकारी समक्ष निवेदन दिनु पर्नेछ ।
(२) महिला तथा अपा· शिक्षकलाई साधारणतया अपायक पर्ने स्थानमा सरुवा गरिने छैन ।
(२क) ऐनको दफा १६ज.को उपदफा (३) मा लेखिएको अवस्थामा बाहेक स्थायी नियुक्ति भएको एकवर्ष नपुगेको शिक्षक र अनिवार्य अवकाश हुन एक वर्ष वा सो भन्दा कम अवधि बा“की रहेको शिक्षकलाई एक जिल्लाबाट अर्काे जिल्लामा सरुवा गरिने छैन् ।
(२ख) कुनै शिक्षक सरुवा भएमा सरुवा भएको एक्काइस दिनभित्र प्रधानाध्यापकले सम्बन्धित शिक्षकलाई रमानापत्र दिई सोको जानकारी सम्बन्धित विद्यालय र जिल्ला शिक्षा कार्यालयलाई समेत दिनु पर्नेछ ।
(३) ………………..